Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ६ कार्तिक । गौरादह नगरपालिका वडा नं -७ मा रहेको ग्वालडुब्बा बजार सरसफाई गरिएको छ। नेपालीहरुको माहान चार्डपर्बहरु नजिकिदै जाँदा बजार तथा चौक क्षेत्र हाराभारा र सरसफाइ राख्न ग्वालडुब्बा युवा समूहको आयोजनामा सरसफाइ गरिएको हो।

ग्वालडुब्बा युवा समुहको आयोजनामा गरिएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरुको समेत सहभागिता रहेको थियो। सरसफाई कार्यक्रममा सहभागी भएका व्याक्तिहरुले झाडु,कुचो,बाल्टी,बेल्चा आफै लिएर आएका थिए। बजार क्षेत्रमा संकलन गरिएको फोहोर बस्तुलाई एकै ठाउँमा जम्मा गरि आगो लगाई नस्ट गरिएको थियो । ग्वालडुब्बा बजार क्षेत्रमा जम्मा भएको फोहोर बस्तुहरुबाट जनसमुदायमा पर्न सक्ने असर तथा त्यसबाट उत्पन्न हुन सक्ने दुर्गन्ध र रोगबाट पर्न सक्ने असरलाई ध्यान राखि सरसफाइ गरिएको ग्वालडुब्बा युवा समुहका अध्यक्ष तथा सरसफाइ कार्यक्रमका सभापति भोला चक्रवर्तीले जानकारी गराए।

बजार क्षेत्रको सरसफाइ कार्यक्रममा सहभागी भएका ईलाका प्रहरी कार्यलय गौरीगंजले चार्डपर्बका समयमा हुन सक्ने सम्भावित घटना, चोरी, डकैती, लुटपाट र अमनचैनका बिषयमा सजग रहन जानकारी गराउदै सर्वसाधारणका लागि माइकिङ गरि जानकारी गराएका थिए।

सरसफाइ कार्यक्रमका अवसरमा ट्राफिक प्रहरीले दुर्घटनाको जोखिमबाट बच्न सर्वसाधारणलाई जानकारी गराएको थियो।बजार सरसफाइ कार्यक्रममा ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रहरी प्रमुख राकेश रेग्मी सहित प्रहरीहरु,ट्राफिक प्रहरी गौरादहका प्रमुख लक्ष्मी प्रसाद ओझा, ट्राफिक प्रहरी गौरीगंजका प्रमुख साजन कार्की सहित स्थानीय बासीहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया