Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

हङ्कङमा सम्पन्न एमएसआईजी लान्ताउ ५० एसियन स्काईरनिङ् च्याम्पियनसीप दौड प्रतियोगितामा अल्ट्राधावक मिरा राईले महिला तर्फ प्रथम स्थान हासिल गरेकी छिन् । मिराले जापानकी युकारी होसिनोलाई एक घण्टा पछि पार्दै ६ घण्टा ५० मिनेटमा ५० किलोमिटरको दुरी पार गरेकी हुन् ।

“दौडका लागि नेपालको भन्दा हङ्कङको पहाड सहज छ, तर आजको दौडमा पनि साढे ३ किलोमिटर उकालो थियो” जित पछि उत्साहित मिराले भनिन् ।

लिगामेन्टमा ईन्जुरी भएका कारण केहि समय विश्राम लिईरहेकी २०१७ को नेशनल ज्योग्राफिक एडभेन्चर अफ दि ईयर मीरा यो जितलाई आत्मविश्वास र सवैको मायाको प्रतिफल मान्छिन् ।

सम्पन्न च्याम्पियनसिपमा पुरुषतर्फ स्पेनका क्रिष्टोफर क्लिमेन्ट र जापानका उईची काजआकी होसिनो क्रमश बिजेता र उपबिजेता बने । क्लिमेन्टले ५ घण्टा ४९ मिनेटमा दुरी पार गरेका थिए ।

तपाईको प्रतिक्रिया