Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, ८ असोज २०७७ । झापामा एक बालक मृत भेटिएका छन् । झापा बिर्तामोड-७ स्थितमा बस्ने राजु मर्डीको दुई बर्षीय छोरा जिवन मर्डी मृत अवस्थामा फेला परेका हुन् । हिजो राती ९ बजे जिवन घरबाट हराई बेपत्ता भएका थिए ।

आफन्तले खोजी गर्ने क्रममा आज बिहान रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा उनि मृत अवस्थामा फेला परेको भनि अस्थाई प्रहरी चौकी गरामनीमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया