Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

झापा, ५ असोज २०७७ । भोलि असोज ६ गते रातीबाट देशका सबै नदीमा बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

७, ८,९ र १० गते देशैभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान रहेको उल्लेख गर्दै असोज ७ देखि ११ गते सम्म नदीतटिय क्षेत्रका कृयाकलाप नगर्न वा अति अति उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सोमबार बिहान ७ बजे बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

सोमबार बिहानको मापनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य स्थिर अवस्थामा र सबैमा बहाव सतर्कता तहभन्दा तलै रहेको जनाएको छ , आज कमला, वागमती र यसका सहायक नदीमा बहाव केही बढ्ने, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने पूर्वानुमान गरिएको छ ।

त्यस्तै कन्काईका केही स–साना सहायक नदीमा आज राती आकस्मिक बहाव हुन सक्ने अुनमान पनि महाशाखाले गरेको छ ।

त्यस्तै प्रदेश एकको संखुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर तथा वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ भई बहने केही स–साना नदीमा पनि आकस्मिक बहावको सम्भावना रहेको छ ।

यस्तै आज राती प्रदेश २ को गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ प्रदेश ५ को रोल्पा, रुकुम, प्यूठान, कर्णाली प्रदेशको सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, सुदुर पश्चिम प्रदेशको डडेलधुरा, बैतडी, दार्र्चुला, र आसपास जिल्ला भई बहने केहि स साना नदीजलाधारका केहि स्थानमा क्षणिक वर्षा भई बहाव केहि बढ्ने तर सर्तकता तलै हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले आज राती कन्काई र यसको सहायक नदी लगायत ईलाम, झापा, मोरङ र आसपास भई बहने स साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटिय क्षेत्रका कृयाकलापमा सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै, आज देशैभरिका प्रमुख तथा सहायक नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पश्चिम राप्ती, बबइमा वहाव सामान्य घटबढ हुने रहेकाले तटिय क्षेत्रका कृयाकलाप सतर्कता साथ गर्न हुन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया