Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, ३० भदौ २०७७ । मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा भइरहेको छ । त्यस्तै मंगलबार दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई आग्रह गरेको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि मंगलबार कोसी, कन्काई, कमला, वाग्मती र नारायणी जलाधारका केही स(साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता तह पुग्न सक्ने बताएको छ ।

मंगलबार प्रदेश १, २, वाग्मती,गण्डकीको चुरे र तराई भई बहने केही स-साना नदीमा बहाव बढ्ने सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments