Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २९ भदौ । गौरादह नगरपालिका वडा नं-२ मा बधशाला भवन निर्माणका लागि प्रक्रिया पूरा नगरी उपभोक्ता समिति गठन गरिएकोमा वडाबासिहरुले आपत्ति प्रकट गरेका छन्।नगरपालिका भित्रका विकाश निर्माणका काम गर्नआम उपभोक्ताहरुलाई भेला गरि उपभोक्ता समिति गठन गर्नु पर्नेमा वडाबासिहरुलाई थाहानदिई आफुखुसी र मनोमानी ढङ्गले समिति गठन गरिएकोमा वडाबासिहरुले आपत्ति प्रकट गर्दै नगरपालिकामा लिखित निबेदन पेश गरेका छन्।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

वडाबासिहरुले नगरकार्यपालिकाको निबेदन मार्फत ध्यानाकर्षण गरउादै मनोमानी ढंगले गठन गरिएको उपभोक्ता समिति खारेज गरि आम उपभोक्ताहरुको सहभागीतामा समिति गठन गरिनु पर्ने माग गरेका छन्। गौरादह नगरपालिका वडा नं-२ मा नगरपालिकाको छैठौ नगरसभाले नगरस्तीय योजना अन्तर्गत कृषि थोक बजार व्यवस्थापन तथा बधशाला भवन निर्माण गर्न २५ लाख रुपैयाँ बिनियोजन गरेको छ।गौरादह नगरपालिकाको आर्थिक बर्ष २०७७र०७८ नगरस्तरीय योजना अन्तर्गतको बजेटबाट निर्माण गरिने बधशाला भवनका लागि सट्यकसुटुक समिति गठन गरि भवन निर्माण गर्दा अनियमितता हुनसक्ने र गुणस्तरीय बन्नेमा वडाबासिहरुले आशंका ब्यक्त गरेका छन्।

वडा नं-२ को वडा कार्यलयले उपभोक्ता समिति गठन गर्न वडा कार्यसमितिलाई समेत जानकारी नगराई आफू निकटका ब्याक्तीहरुलाई टीका लगाएर पद बाँडफाँड गर्नु वडाबासिहरुलाई अबहेलना गरेको उनिहरुले गुनासो गरेका छन्।

तपाईको प्रतिक्रिया