Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, २३ भदौ २०७७ । गौरादहमा जारी लकडाउन २२ गते सोमबार राती १२ बजेदेखी हटेको गौरादह नगरपालिकाले जनाएको छ ।

गौरादहमा विद्युत प्राधिकरणका एक कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि संक्रमण समुदायमा फैलन सक्ने भन्दै साथै संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रण गर्न गौरादह नगरपालिकाको सर्वपक्षीय बैठकको भेलाले भदौ ७ गते राती १२ बजेबाट लागू हुने गरी भदौ २२ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउन अवधिभर नगरपालिकाले कन्टयाक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनाउँदै भदौ २१ गतेको नगरकार्यपालिकाको बैठकले आज बिहानबाट लकडाउन(बन्दबन्दी) अन्त्य गरेको छ ।

लकडाउन हटेसँगै आजदेखी नियमित रुपमा गौरादह नगरपालिका भित्रका साप्ताहिक रुपमा लाग्दै आएको हाटबजार बाहेक पसल, व्यापार, व्यवसाय, बैंक तथा वित्तीय संस्था र कार्यालयहरु सञ्चालन हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । व्यवसायीहरुले आवश्यक स्वास्थ्य सुरक्षा र नेपाल सरकारले लागू गरेको मापदण्डहरुको पूर्णरुपमा पालना गर्न आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया