Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

गौरादह, २२ भदौ । झापा जिल्लाको पश्चिम दक्षिण गौरादह क्षेत्रमा क्रियाशिल पत्रकारहरु संगठित भएका छन् । दमक पत्रकार मंचका उपाध्यक्ष झगेन्द्र खड्काको सभापतित्वमा सम्पन्न पत्रकारहरुको बिस्तारित भेलाले सुदिप अधिकारीको अध्यक्षतामा संचार क्लब गौरादह गठन गरेको छ ।

गौरादह नगरपालिका १ को सभाहलमा सोमबार भएको सो भेलाले अधिकारीको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति सर्बसम्मत रुपमा गठन गरेको हो । अधिकारी हिमशिखर टेलिभिजनका समचार प्रमुख हुन् ।

त्यसैगरी समितिको उपाध्यक्षमा सजल सन्देश अनलाइनका सम्पादक सन्तोष बिष्ट, सचिवमा अमकार टाइम्सका सम्पादक शान नेपाल, सहसचिवमा मिलन अधिकारी, कोषाध्यक्षमा शान्ति सुब्बा तथा सदस्यहरुमा क्रमशः रुपा बुढाथोकी र सुमित भण्डारी रहेका छन् ।

भेलाले पाँच सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । सल्लाहाकार समितिमा क्रमशः अनलाइन विचारका सम्पादक डण्डिराज घिमिरे, एफ एम प्लस गौरादहका प्रबन्ध निर्देशक युवराज भट्टराई, ओमकार मिडिया प्रालिका अध्यक्ष केदार खड्का, बैकल्पिक मिडिया प्रालीका अध्यक्ष दिनेश दंगाल तथा दमक पत्रकार मञ्चका उपाध्यक्ष झगेन्द्र खड्का रहेका छन् ।

क्लबले पत्रकारहरुको क्षामता विकास, पेशागत हकहित तथा सूचना संचारको क्षेत्रमा ब्यवस्थित र संगठित भएर आफ्ना गतिविधिहरुलाई अगाडि बढाउने नव गठित समितिका अध्यक्ष अधिकारीले बताएका छन् । उनले क्लबको कार्यक्षेत्रमा गौरादहलाई केन्द्र बनाएर पत्रकारिता गर्ने आसपासका पालिकाहरु समेतलाई समाबेश गर्ने र दर्ता लगाएतका प्रक्रियाहरु अबिलम्ब अगाडि बढाइने जानकारी गराए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments