Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरादह, २१ भदौ । गौरादह नगरपालिकामा रहेको बारुणयन्त्र राखिएको स्थान वरिपरी अन्य सवारीसाधन पार्किङ गरिदा बारुणयन्त्रलाई आपतकालीन अवस्थामा सेवा दिन समस्या भएको छ।नगरपालिकाले सवारीसाधन पार्किङ गर्ने ठाउँ बनाउन नस्कदा बारुणयन्त्रको आसपासका क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने गरेका छन्।

गौरादह नगरपालिकाको प्राङ्गणमा निर्मित टिनको टहरा मुनि राखिदै आएको बारुणयन्त्रलाई वरिपरि घेरा हालेर मोटरसाइकल, साइकल र चार चक्के सवारीसाधन पार्किङ गरिदा आपतकालिन अवस्थामा निस्केर हिड्ने बाटो हुदैन।आगलागी भएको खबर आउन साथ बारुणयन्त्र तत्काल हिड्नु पर्नेमा पहिला बाइक तथा साइकल पन्छाउनु पर्छ।

आगलागी भएको खबर सुन्नसाथ नागरिकको जनधनको क्षति हुनबाट जोगाउन प्रयोग गरिने बारुणयन्त्र जस्तो संबेदनसिल सवारीसाधनका अगाडि नागरिक तथा कर्मचारीले जथाभावि सवारीसाधन पार्किङ गर्दा बारुणयन्त्रलाई सेवा दिन समस्या हुने निस्चित छ।

आपतकालिन अवस्थामा नागरिकको जनधनको सुरक्षाका लागि प्रयोग गरिने बारुणयन्त्र राखिएको स्थान अगाडि सरकारी कर्मचारीका सवारिसाधन सहित नगरपालिकामा सेवा लिन आउने सेवाग्राही सहितका मोटरसाइकल र साइकल समेत पार्किङ गरिन्छ। बारुणयन्त्र राखिएको स्थान अगाडि पार्किङ गरेका सवारीसाधन हटाएर हिड्नु परेका कारण बारुणयन्त्र समयमा आगलागी भएको स्थानमा पुग्न समस्या हुन्छ। बारुणयन्त्र अगाडि निजी तथा सरकारी सवारीसाधनहरु पार्किङ गरेर राखेपनि त्यसको सामधानका लागि स्थानीय सरकारको ध्यान जान सकेको छैन।

आपतकालीन अवस्थामा नागरिकको जनधनको क्षति न्युनिकरण गर्न प्रयोग गरिने बारुणयन्त्रलाई वरिपरिबाट घेरेर सरकारी कर्मचारी,जनप्रतिनिधि र सेवाग्राहीहरुको सवारीसाधनले छेक्दा समेत स्थानीय सरकार मौन छ।बारुणयन्त्र जस्तो आपतकालीन अवस्थामा प्रयोग गरिने साधनका अगाडि नगरपालिकाका कर्मचारीहरुको सेतो नम्बर पेल्टका दुई चक्के र चार चक्के सवारीसाधन पार्किङ गरेर राख्नु चरम लापरबाही भएको स्थानीय राम चन्द्र खड्का बताउछन्।

सरकारी कर्मचारीका गाडी, फोहोर उठाउने गाडी र जनप्रतिनिधिका गाडी बारुणयन्त्रलाई अबरोध पुर्याएर आसपासमा पार्किङ गरेर राखेपछि कार्यलयमा सेवालिन आउने सेवाग्राहीले पनि सवारीसाधन पार्किङ गरेको बारुणयन्त्रका प्रमुख पत्रलाल तामाङ बताउँछन्।

नगरपालिकाले सवारीसाधन पार्किङ गर्ने ठाउँको व्यवस्था गर्न नसक्दा बारुणयन्त्र राखेको ठाउँको वरिपरि पार्किङ गरेको सेवाग्राही बताउँछन्।नगरपालिकामा सेवा लिन आउदा दिउसो प्रचण्ड घाम लागेर गर्मी भएको हुन्छ।सवारीसाधन पार्किङ गर्ने सितल ठाउँ हुदैन त्यसैले बारुणया्त्र राखिएको ठाउँमा सितल भएकाले सबैको सवारीसाधन राख्ने ठाउँ बारुणयन्त्र राखिएको ठाउँ भएको स्थानीय बासि बताउँछन्।

गौरादह नगरपालिकामा १ थान वारुणयन्त्र रहेको छ।नगरपालिका घोषणा भए सँगै सरकारी तवरबाट उपलब्ध भएको बारुणयन्त्र वडा नं १को वडा कार्यलय अगाडि राखिएको थियो। नगरपालिकाको कार्यलय आफ्नै भवनमा सरेपछि वारुणयन्त्रलाई पनि नगरपालिका भवन रहेकै स्थानमा सारिएको थियो।खुल्ला स्थानमा राखिएको भएता पनि नगरपालिकका कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीहरुले वारुण यन्त्रको ठ्याक्कै अगाडी मोटर साइकल तथा अन्य सवारीसाधन पार्किङ गरिदिए पछि वारुण यन्त्र संचालकहरुलाई समेत हैरान भएको बारुणयन्त्रका कमान्डर पत्रलाल तामाङ बताउँछन्।

कुन समयमा आगलागी भएको खबर आउँछ हामीलाई थाहा हुदैन बारुणयन्त्रका वरिपरि सवारीसाधन राखिदा आपतकालीन अवस्थामा कुद्नु पर्दा समस्या भएको प्रमुख तामाङले बताए।आकस्मिक टेलीफोन आएपछि हतारमा निस्किएर जनधनको क्षेती न्युनिकरण गर्न निस्किनु पर्नेमा मोटरसाइकल तथा साइकल हटाएर कसरी निस्कने भन्ने चिन्ताले निकै सास्ती भोग्नु परेको उनको भनाइछ।

तपाईको प्रतिक्रिया