Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १७ भदौ २०७७ । झापाको शिवशताक्षी नगरपालिकास्थित रतुवामाई जंगलमा घाँटी काटिएको अवस्थामा युवकको शव भेटिएको छ ।

प्रहरीका अनुसार बुधबार वडा नं ११ बस्ने गोविन मगरको शव फेला परेको हो । २९ वर्षीय मगर मंगलबार साँझदेखि बेपत्ता थिए । उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट करिब सय मिटर पर मगरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया