Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १५ भदौ २०७७ । विगत ४ महिनादेखि बेपत्ता भएका बेलायती कुटनीतिज्ञ रिर्चाड मोरिसको शव फेला परेको छ । नेपालका लागि पूर्व बेलायती राजदूत समेत रहेका रिर्चाडको हाम्पसायर जंगलमा शव भेटिएको हो । गएको ६ मे तारिकमा आफ्नो घर ब्र्रेन्टिलीबाट बिहान दौडिन निस्किएका थिए ।

हराइरहेका उनको २ माइल टाढा एलिस हल्ट जंगलमा प्रहरीले शब फेला पारेको बीबीसीले लेखेको छ । ५२ वर्षमा मोरिस जुन जंगलमा दर्गुन मनपराउँथे त्यही ठाउँलाई प्रहरीले खोजीको केन्द्रमा राखेको थियो ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ । मोरिसले नेपालमा सन् २०१९ सम्म चार वर्ष काम गरेका थिए । उनी बेपत्ता हुनुअघि बेलायत सरकारले फिजिका लागि ब्रिटिस हाई कमिसनका लागि नियुक्त गरेको बीबीसीले जनाएको छ । मोरिसका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

 

तपाईको प्रतिक्रिया