Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

शान्ति सुब्बा
कमल, १५ भदौ २०७७ । झापाको कमल गाउँपालिकामा समुदायका थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा २ महिला र २ पुरुष रहेका छन् ।
आज कोरोना संक्रमण पुष्टी हुने ४ जना नै समुदायका व्यक्तिहरुमात्र रहेको कमल गाउँपालिका स्वास्थ्य प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।

संक्रमित हुनेहरु ११ र ७० वर्षिय महिला रहेका छन् भने, २५ र ३२ वर्षका पुरुष रहेका छन् ।

यहि भदौ १२ गते समुदायका र क्वारेन्टाइनका गरि ७० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएको थियो । जसमा ४ जनामा संक्रमण पुष्टी भएको हो । बाँकी ६६ जनाको भने, रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

आज संक्रमण पुस्टि भएका कमल गाउँपालिका-३ केर्खाका १ जना, ५ नं. वार्डका १ जना र ६ नं.वार्डका २ जना रहेका छन् । उनिहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको थियोे ।

आज ४ जना संक्रमित थपिए सँगै कमल गाउँपालिकामा कोरोना संक्रमितको संख्या २४ पुगेको थुलुङ्गले बताए । जसमा ७ महिला र १७ पुरुष रहेका छन् । कमलमा केहि दिन अघि ९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमणकै कारण कमल गाउँपालिका-३ मा एकजनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया