Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

झापा, १४ भदौ २०७७ । झापामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा २ महिला र ६ पुरुष रहेका छन् । उनिहरु सबै समुदायका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाइले जानकारी दिए ।

आज संक्रमण पुष्टी भएका सबै कन्काइ १, ३ र ७ नं. वार्डका रहेका छन् । उनिहरु ९ वर्ष देखि ४१ वर्ष उमेर समूहका रहेका छन् । आज थपिएको ८ सँगै झापामा हालसम्म कोरोना संक्रमण पुष्टी हुनेको संख्या ५ सय ७६ पुगेको चौंलागाईले बताए ।

यस्तै, हालसम्म ४ सय २९ जना आइसोलेसन उपचाररत रहेका छन् भने, १ सय ४७ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments