Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १३ भदौ २०७७ । कोरोना भाइरस संक्रमणका कारण लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ ।

आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो । तर कोरोना महामारीका कारण विज्ञापन नखोल्ने तयारी गरेको छ ।

संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउनबारेमा निर्णय भइनसकेको बताएपनि मन्त्रालयले रिक्त पदमा विवरण संकलन सुरु गरेको छ ।

यद्यपी परिस्थिति सहज नभएसम्म आयोगमा रिक्त पदको विवरण नपठाउने बताइएको छ ।

आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

तर, मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने कोरोना महामारी बढ्दै गए आयोगमा विवरण नपठाउने जानकारी दिनुभयो ।

आयोगले यस वर्ष विज्ञापन नखुलाए २० हजार कर्मचारीको अभाव हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया