Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

गौरादह, १३ भदौ २०७७ । झापाको गौरादहमा कोरोना भाइरसको आशंकामा समुदायका र क्वारेन्टाइनका गरि ९० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । जसमा २० महिला र ७० पुरुष रहेका छन् ।

यहि भदौ ११ गते गौरादह कृषि क्याम्पसको क्वारेन्टाइनमा बसेका १ महिला र १५ पुरुष गरि १६ जनाको र समुदायमा रहेका १९ महिला र ५५ पुरुष गरि ७४ जनाको स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएको थियो ।

गौरादह विद्युत कार्यालयमा कार्यरत एक कर्मचारीमा यहि भदौ ७ गते संक्रमण पुष्टी भएसँगै उक्त कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका विद्युत प्राधिकरणका कर्मचारी, संक्रमित बसेको घरधनीका परीवार, बिजुलीको काम गर्न गएको घरका परीवारहरुमा कोरोना संक्रमण हुन सक्ने आशंकामा पहिलो चरणमा समुदायका ७४ जनाको स्वाब संकलन गरि पठाइएको थियो ।

उनिहरु १० वर्षको बालक देखी ७५ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको जनाइएको छ । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका व्यक्तिहरु गौरादह १, २, ३, ४ र ७ नं. वार्डका रहेका थिए । यस्तै, क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भने, कतार, साउदी, मलेसीया र भारतबाट आएको श्रेष्ठले बताएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments