Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

शान्ति सुब्बा

गौरादह, १३ भदौ २०७७ । गौरादह नगरपालिकाबाट समुदाय र क्वारेन्टाइनमा बसेका गरि १ सय ८ जनाको स्वाब संकलन गरिएको छ । जसमा ३३ महिला र ७५ पुरुष रहेका छन् ।

आज स्वाब संकलन गरिएका मध्ये समुदायका २८ महिला र ७१ पुरुष गरि ९९ जना रहेका छन् । यस्तै विभिन्न देशबाट आएर जनता मा.वि. को क्वारेन्टाइनमा बसेका ५ महिला र ४ पुरुष गरि ९ जना रहेका छन् । उनिहरु भने, भारत र मलेसियाबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

गौरादहमा कार्यरत विद्युत प्राधिकरणका एकजनामा कोरोना संक्रमण पुष्टी भएपछी उनको सम्पर्कमा आएका समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण हुनसक्ने आशंकामा कन्ट्याक्ट ट्रेसिङका आधारमा दोस्रो चरणमा बाँकी रहेका गौरादह नगरपालिका भित्रका तथा कमल गाउँपालिका-१ र गौरीगंज गाउँपालिका-२ का समुदायका व्यक्तिहरुको आज स्वाब संकलन गरिएको जनाइएको छ । स्वाब संकलन गरिएका व्यक्तिहरु ३ देखि ७८ वर्ष उमेर समूहका रहेका छन् ।

उनिहरु सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि ५० जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा र बाँकी ५८ जनाको कोशि अञ्चल अस्पताल कोभिड ल्याबमा पठाइएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

आज स्वाब संकलन गरिएका सबैले रिपोर्ट नआइन्जेल सम्म घरमै सुरक्षितका साथ बस्न आग्रह समेत गरिएको छ । यस्तै, आजसम्म गौरादह नगरपालिकाले १ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गरिसकेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments