Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024
काठमाडौँ, २८ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन् । गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा गृहमन्त्री थापाले शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी, समातुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताए ।
राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको गृहमन्त्रीले बताए । उनले अफगानिस्तानको शान्ति प्रक्रिया नेपालका लागि पनि उदहरणीय रहेको भन्दै शान्तिप्रक्रियाको सफलताका लागि शुभेक्षा व्यक्त गरेका थिए ।
गृहमन्त्री थापाले भने, “हरेक युद्धका कारण हुन्छन्, ती कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ । त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ ।” अफगानिस्तानका पूर्वमन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा साराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन प्रक्रिया, संविधान लेखन लगायतको प्रक्रियाबारे गृहमन्त्रीसँग चाँसो राखेकी थिइन् ।
उनीहरुले नेपालको शािन्तप्रक्रियाबारे जानकारी लिन र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिएका थिए ।
तपाईको प्रतिक्रिया