Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

कमल, १२ भदौ २०७७ । झापाको कमल गाउँपालिकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा २ महिला र ७ पुरुष रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टी हुने ९ जना नै समुदायका व्यक्तिहरुमात्र रहेको कमल गाउँपालिका स्वास्थ्य प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।

यहि भदौ ९ गते समुदायका र क्वारेन्टाइनका गरि ६० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा प्रयोगशालामा पठाइएको थियो । जसमा ९ जनामा संक्रमण पुष्टी भएको हो । बाँकी ५१ ज्नाको भने, रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

आज संक्रमण पुस्टि भएका सबै जना कमल गाउँपालिका वडा नम्बर-३ स्थित केर्खाका रहेका छन् । उनिहरुको यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको थियोे ।

आज ९ जना संक्रमित थपिए सँगै कमल गाउँपालिकामा कोरोना संक्रमितको संख्या २० पुगेको थुलुङ्गले बताए । जसमा ५ महिला र १५ पुरुष रहेका छन् । त्यसमध्ये विदेशबाट आएर क्वारेन्टाइनमा बसेका ३ जनामा र समुदायमा रहेका १७ जनामा संक्रमण देखिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया