Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १२ भदौ २०७७ । झापामा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ३ महिला र १२ पुरुष रहेका छन् । समुदायका र क्वारेन्टाइनका गरि १५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जिवन चौंलागाइले जानकारी दिए ।

संक्रमित पुष्टी हुनेहरु भद्रपुरका १ पुरुष , कमल गाउँपालिका-३ का २ महिला र ७ पुरुष गरि ९, शिवसताक्षी-७ का १ महिला, मेचीनगर-२ का ३ पुरुष र हल्दिबारी-५ का १ पुरुष रहेका छन् । आज संक्रमण देखिने कमलगाउँपालिका का ९ जना समुदायका रहेका छन् भने, बाँकी ६ जना भारत बाट आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जिवन चौंलागाइले जानकारी दिए ।

झापामा आज १५ जना संक्रमित थपिएसँगै कोरोना संक्रमित हुनेको संख्या ५ सय ४९ पुगेको चौंलागाइले जानकारी दिए । यस्तैगरि हालसम्म ४ सय १५ जना निको भएर घर फर्कि सकेका छन् ।

तपाईको प्रतिक्रिया