Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

विराटनगर, १२ भदौ २०७७ । प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङमा १४ र झापामा १५, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको रेकर्ड प्राप्त भएको छ ।

आज सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैँचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ ।

उता झापाको कमल गाउँपालिकामा २ महिला ७ पुरुष, भद्रपुरमा १ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ ।

प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको कमलका एक पुरुष, मोरङको बेलबारीकी एक महिला र सिरहाको लहानकी एक महिलाको आज मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेको छ ।

प्रदेश १ मा आज २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।

 

तपाईको प्रतिक्रिया