Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

गौरीगंज, १२भदौ २०७७ । कोरोना भाइरसको परिक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै गौरीगंज गाउँपालिकामा जारी गरिएको निषेधाज्ञा खुलेको छ। गौरीगंज गाउँपालिकाको सिसिएमसी (कोभिड-१९) आपतकालिन कार्य सञ्चालन केन्द्रको बिहिबार बसेको वैठकले निषेधाज्ञा खुलाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने भनी निर्णय गरेसँगै निषेधाज्ञा हटेको हो।

गौरीगंज गाउँपालिका वार्ड नं.६ खजुरगाछीमा रहेको रूबी डिपार्टमेन्टका सञ्चालक ३० बर्षिय पुरूषमा भाइरस संक्रमण देखिएपछि समुदायमा भाइरस फैलिएको भन्दै आपतकालीन बैठक बसि निषेधाज्ञा जारी गरिएको थियो। संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जारी गरिएको निषेधाज्ञा बिहिवार राति १२ बजे देखि निषेधाज्ञा खुलाउने निर्णय भएको हो।

समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएको भन्दै गाउँपालिकाले भदौ ४ गतेबाट गौरीगंज गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। गौरीगंज क्षेत्रमा निषेधाज्ञा खुलाएपनि शुक्रबार देखि पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खोलिने पनि निर्णय गरेको छ। बैठकले बैंक तथा बितिय संस्थाहरुलाई विहान १० बजेदेखि २ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ।

गौरीगंज क्षेत्रमा स्थायीरूपमा संचालनमा रहेका पसलहरू ७ बजेदेखि १२ बजेसम्म मात्र खोल्न पाउने र त्यसको अवज्ञा गरेमा जरिवाना समेत गर्ने निर्णय गरेको छ। गाउँपालिकामा भएको निर्णय बिपरित पसल खोलेको पाईएमा पहिलो पटक २ हजार, दोस्रो पटक पाईएमा ५ हजार र तेस्रो पटक पसल खोलेको पाईएमा १० हजार रूपैयाँसम्म जरिवाना लिने बैठकले निर्णय गरेको छ। गाउँपालिकामा भएको बैठकले गौरीगंज क्षेत्रमा स्थायी रुपमा व्यवसाय गर्नेहरुलाई बैठकको निर्णय पालना गर्न सबैमा अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments