Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
गौरादह, ११ भदौ २०७७ । झापाको गौरादहमा कोरोना भाइरस (कोभिड-१९) को आशंकामा समुदायका र क्वारेन्टाइनका गरि ९० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमा २० महिला र ७० पुरुष रहेका छन् ।

गौरादह कृषि क्याम्पसको क्वारेन्टाइनमा बसेका १ महिला र १५ पुरुष गरि १६ जनाको र समुदायमा रहेका १९ महिला र ५५ पुरुष गरि ७४ जनाको स्वाब संकलन गरि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।

गौरादह विद्युत कार्यालयमा कार्यरत एक कर्मचारीमा यहि भदौ ७ गते संक्रमण पुष्टी भएको थियो । उक्त कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका संक्रमित बसेको घरधनीका परीवार, बिजुलीको काम गर्न गएको घरका परीवारहरुमा कोरोना संक्रमण हुन सक्ने आशंकामा आज स्वाब संकलन गरिएको श्रेष्ठले बताएका छन् ।

उनिहरु १० वर्षको बालक देखी ७५ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको जनाइएको छ । आज पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका व्यक्तिहरु गौरादह १, २, ३, ४ र ७ नं. वार्डका रहेको जनाइएको छ ।

यस्तै, क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भने, कतार, साउदी, मलेसीया र भारतबाट आएको श्रेष्ठले बताएका छन् । हाल कृषि क्याम्पसको क्वारेन्टाइनमा १६ जना, जनता मा.वि को क्वारेन्टाइनमा १० जना र गौरादह-५ नमुना खेतीको क्वारेन्टाइनमा ९ जना गरि ३५ जना व्यक्तिहरु गौरादह नगरपालिकाको क्वारेन्टाइनमा बसेका छन् । जसमा ५ महिला ३० पुरुष रहेका छन् । गौरादह नगरपालिकाले हालसम्म १ हजार २ सय १५ जनाको पीसीआर परीक्षण गरिसकेको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया