Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ११ भदौ २०७७ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना भाइरसको पिसिआर परीक्षण बन्द भएको छ। साउन २६ गतेदेखि सञ्चालनमा आएको मेची प्रादेशिक अस्पतालको पिसिआर परीक्षण सेवा बुधबारदेखि बन्द भएको हो।

पिसिआर प्रयोगशालामा चाहिने पिसिआर प्लेट कभर सकिएपछि सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए। ‘प्रयोगशालामा चाहिने आरएनए एक्स्ट्राक्सन र पिसिआर किट स्टकमा छ, तर प्लेट कभर नहुँदा समस्या भएको हो, सूचना अधिकारी पोखरेलले भने।’

‘प्लेट कभर सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पीताम्बर ठाकुरले बताए। यसका लागि प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको बताउँदै उनले भने, ‘स्वास्थ्य मन्त्रालयले प्रदेश सरकारलाई पठाउँछ, अनि मात्र अस्पताललाई उपलब्ध हुन्छ , यसका लागि केही दिन समय लाग्न सक्छ।’

अहिलेसम्म मेची अस्पतालमा २ हजार ५ सय ८ जनाको कोरोना परीक्षण भइसकेको छ। त्यसमध्ये १४ जनाको रिपोर्ट कोरोना पोजेटिभ र बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया