Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ९ भदौ २०७७। झापामा छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । झापा गाउँपालिका–३ का ७० बर्षीय साईला टुडुलाई उनकै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको हो।

सोमवार राती साँढे ११ बजे छोराले बुबालाई एक्कासी बाँसको भाटाले शरिरका बिभिन्न भागमा अन्धाधुन्ध कुटपिट गर्दा घाईते भएका टुडुलाई उपचारको लागि स्थानीय मेडिकलमा लगिएको र उक्त मेडिकलमा उपचार हुन नसकेपछि आफन्तले घरमै ल्याई राखेकोमा सोही कारणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने सुनिल टुडुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया