Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झगेन्द्र खड्का
गौरीगंग, ९ भदौ २०७७ । हुलाकी सडक निर्माण गर्न बाहिरबाट कामदार ल्याएका कारण स्थानीयले बिरोध गरेपछि कामदार फिर्ता पठाएको छ। कोरोना भाइरस संक्रमणको जोखिम फैलिरहेको समयमा सडक निर्माण कम्पनीले बाहिरबाट ल्याएका कामदार गाउँ घुम्दा संक्रमणको जोखिम बढेको भन्दै स्थानीयले बिरोध गरेपछि कम्पनीले कामदार फिर्ता पठाएको हो।

गौरीगंज क्षेत्रको हुलाकी सडक निर्माण गर्न ठेक्का लिएको मोतीदान कन्स्ट्रक्सनले सडक निर्माणको काम गर्न बाहिरबाट कामदार ल्याएपनि स्थानीयको दवाबमा कामदार फिर्ता गरेको छ।गौरीगंज क्षेत्रमा कोरोना सँक्रमण समुदाय स्तरमा फैलिएपछि गौरीगंज गाउँपालिकाले निशेधज्ञा जारी गरेपनि सडक निर्माण कम्पनीले गौरीगंज गाउँपालिका वार्ड नं.२ को तुलाचन क्षेत्रमा सडकको काम गर्न कामदार ल्याएपछि स्थानियहरूले विरोध गरेका थिए।

कम्पनीले केही दिन अगाडि बाहिरका कामदार ल्याएको र कामदारहरु काम सकिएपछि बेलुकाको समयमा गुट्खा, चुरोट किन्ने बाहानामा गाउँ डुल्न थालेपछी स्थानीयबासिहरु आतँकित बनेको सुजन श्रेष्ठले बताए। कम्पनीले बाहिरबाट ल्याएका कामदारहरु निर्बाध रुपमा गाउँ घुम्न थालेपछि गौरीगञ्ज गाउँपालिका वडा नं ( २ तुलाचौन , ग्वालमुनी र गौरादह नगरपालिका वडा नं.९ बैगुन्धुराका स्थानीय बासिहरु बिरोधमा उत्रिएको स्थानीय युवा श्रेष्ठले बताए।

बाहिरका अपरिचित मानिसहरु बेलुका गाउँभरी डुलेको देख्दा आफुहरु त्रसित भएको स्थानिय युवा श्रेष्ठको भनाइ छ।

स्थानिय बुद्धिजिवि भोला खतिवडाले कोरोनाको त्रास फैलिएको बेला पिसिआर टेस्ट नै नभएका मानिसहरु गाउँ डुलेपछी आफुहरु आतँकित बनेको बताए।गौरीगंज गाउँपालिका वार्ड नं। २ तुलाचनस्थित कन्सट्रक्सन कम्पनीको क्याम्प अगाडी स्थानिय बासिहरुको समुह बिरोधमा उत्रीएको थियो।

कारोना भाइरसको संक्रमण बढेपनि हुलाकी सडक निर्माण कार्य तिब्र गतिमा भइरहेकाले सडक निर्माण कार्यमा अबरोध नगर्न मोतिदान कम्पनीका प्रोजेक्ट मेनजर दिपक श्रेष्ठले जानकारी गराए। सडक निर्माणको जिम्मा पाएको मोतिदान कम्पनीले स्थानीय बासिहरुको समस्या र अफ्ठ्यारो परस्थितीलाई मध्यनजर गरि सडक निर्माण कार्यलाई निरन्तरता दिएकाले स्थानीय बासिन्दालाई सहयोग गर्न मेनेजर श्रेष्ठले आग्रह गरे।

कोरोना भाइरसको संका भएका र कम्पनीले अन्य ठाउँबाट कामदार ल्याएर काममा नलगाएको र सबै कामदार स्थानीय रहेको मेनेजर श्रेष्ठले जानकारी गराए। स्थानीय बासिहरुको समुहले बिरोध गरेपछि गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं। २ का वडा अध्यक्ष अघनुप्रसाद राजवंशीको रोहवरमा ठेकेदार कम्पनीले कामदार फिर्ता गर्ने सहमति गरेको थियो।

ठेकेदारले बाहिरबाट ल्याएका करिब ३४ जना कामदारलाई मंगलबार फिर्ता पठाएको छ।सडक निर्माण गर्न जिम्मा पाएको मोतिदान कन्सट्रक्सनका दािपक श्रेष्ठले कामदारहरु झापा गाउँपालिका तथा सोही आसपासका रहेको बताएकाछन।स्थानियको बिरोध पछि गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ , वडाध्यक्ष अघनुप्रसाद राजवँशी, गौरादह नगरपालिका वार्ड नं. ९ का कृष्ण गौतम, स्थानिय प्रहरीको रोहबरमा ठेकेदार कम्पनीसँग लिखित सहमती गराइएको छ।

सहमती अनुसार कम्पनीले बाहिरको कामदार ल्याउँदा स्थानिय सरकारसँग समन्वय गरेर मात्र ल्याउने,सरकारी मापदण्ड अनुसार कोरोना परीक्षण गरेर मात्र ल्याउने, सम्भब भएसम्म स्थानियहरुलाइ नै रोजगार दिने, हुलाकी सडकका मालबाहक गाडीले बिगारेका सडकहरु ठेकेदार कम्पनीले अबिलम्ब मर्मत गर्ने , शौचालयको ब्यबस्था गर्ने र मोतिदान कन्सट्रक्सनमा काम गर्ने कर्मचारी तथा मजदुरहरुको पिसिआर टेस्ट गर्ने र सोको रिपोर्ट नआउञ्जेल निर्माण कार्य बन्द राखि सबै मजदुर कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा बस्ने सहमति भएको छ।

तपाईको प्रतिक्रिया