Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, ९ भदौ २०७७ । झापामा आज थप ८ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १ महिला र ७ पुरुष रहेका छन् । समुदाय र क्वारेन्टाइनका गरि ८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाइले जानकारी दिए ।

आज संक्रमण पुष्टी भएका भद्रपुरका ३ पुरुष १ महिला , गौरीगञ्ज-१ का १ पुरुष, कमल-३ र ६ का २ पुरुषमा र कन्काई-७ का १ पुरुष रहेका छन् । उनिहरु २० देखि ६० वर्ष उमेर समूहका रहेका छन् । आज कोरोना संक्रमण पुष्टी भएकाहरु भद्रपुरका एकजना सुरक्षाकर्मी, कन्काइको एकजना औषधी व्यवसायी, गौरीगन्जका एकजना क्वारेन्टाइनका र कमलका २ जना समुदायका रहेको चौंलागाईले बताए ।

आज थप ८ जनामा संक्रमण पुष्टी भएसँगै झापामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय १७ पुगेको चौंलागाइले बताए ।

तपाईको प्रतिक्रिया