Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

कमल, ९ भदौ २०७७ । झापाको कमल गाउँपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पिसिआर परीक्षणको रिपोर्टमा समुदायका थप २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा कमल गाउँपालिका३ केर्खा बजारकी ४१ बर्षिय महिला र कमल-६ का ६० बर्षिय पुरुष रहेका छन् ।

संक्रमित महिला कमल-३ का ८३ बर्षिय वृद्धकै समुदायकी र पुरुष दमक बिधुत प्राधिकरणका कर्मचारीका बुवा रहनुभएको कमल गाउँपालिका स्वास्थ्य शाखा संयोजक बाबुराम थुलुङ्ले जानकारी दिए ।

उनका अनुसार योसँगै कमलमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । ३ जना भने यसअघि नै निको भएर घर फर्किएका छन् । यसैबीच आज क्वारेन्टाइनका ३ जना र सामुदायका ५७ जना गरि जम्मा ६० जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको छ ।

हालसम्म कमलमा ५ सय ८८ जनाको स्वाब संकलन गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया