Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरीगञ्ज, ९ भदौ २०७७ । झापाको गौरीगञ्ज गाउँपालिकामा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुने गौरीगञ्ज गाउँपालिका वडा नम्बर१ का ५० वर्षीय पुरुष भएको पनि स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिएका छन् ।

गौरीगञ्ज प्राथमिक स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका १९ जनाको पीसीआर परीक्षणका लागि यहि भदौ ४ गते स्वाब संकलन गरि पठाइएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको मिश्रले जानकारी दिए ।

बाँकी १८ जनाको भने रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । आज १ जना थपिएसँगै गौरीगञ्जमा अहिले सम्म कोरोना संक्रमित हुनेको संख्या २७ पुगेको छ । यसअघि २५ जनाले कोरोना जितेर घर गइसेका छन् भने, २ जना आइसोलेसनमा उपचाररत रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया