Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ८ भदौ २०७७ । झापामा आज थप ३ जनामा संक्रमण पुष्टी भएको छ । आज संक्रमण पुष्टी भएका ३ जना सबै बाह्रदशी गाउँपालिकाका पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाइले बताए ।

उनिहरु २५ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । आज संक्रमण पुष्टी हुनेहरु २ जना भारतबाट र एक जना कतार बाट आएर स्थानिय क्वारेन्टाइनमा बस्दै आएका थिए । आज थप ३ जनामा संक्रमण पुष्टी भएसँगै झापामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ९ पुगेको छ ।

तपाईको प्रतिक्रिया