Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ८ भदौ २०७७ । समुदायमा कोरोना संक्रमण बढ्दो क्रम रहेकोले संक्रमणको आशंकामा झापाको गौरादहमा समुदायका र क्वारेन्टाइनका गरि ४८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा ४८ जनाकै रिपोर्ट नेगेटिभ आएको गौरादह स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । जसमा ४ महिला र ४४ पुरुष रहेका छन् ।

यहि भदौ ६ गते गौरादह नगरपालिका वडा नं. ५ को नमुना खेती क्वारेन्टाइनमा रहेका १ महिला सहित ३२ जना र समुदायका ३ महिला सहित १६ जना गरि ४८ जनाको स्वाब संकलन गरि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले बताए ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भने, भारत, साउदी, दुबई र कतारबाट आएका हुन् । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका सबै व्यक्तिहरु गौरादह नगरपालिका भित्रका रहेका छन् ।

उनिहरु सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएको थियो ।

तपाईको प्रतिक्रिया