Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झगेन्द्र खड्का

गौरादह, ८ भदौ २०७७ । गौरादह नगरपालिकामा देखिएकाे बेरुजु, बेथिति र बिसंगतीकाे अन्त्य गरि सुशासन युक्त नगर निर्माणका लागि सुशासनका लागि संघर्ष समिति गौरादहले नगरपालिकामा माग पत्र पेस गरेकाे छ।  संघर्ष समितिका संयाेजक राज कुमार दहालले संक्षिप्त्त कार्यक्रमका बीच माग पत्र बाचन गरि हस्तान्तरण गरेका थिए।

महालेखा परिक्षकले सार्वजनिक गरेकाे ५७ औ बार्षिक प्रतिबेदन २०७७ मा झापाका स्थानीय निकायहरु मध्ये सबै भन्दा बढी बेरुजु देखाएकोमा नगरबासीकाे ध्यानाकर्षण भएकाे संघर्ष समितिले मागपत्र मार्फत जानकारी गराएकाे थियो।

झापाका १५ वटा स्थानीय निकायहरु मध्ये गौरादहमा बेरुजु बढी देखिनु दुखद पक्ष भएकाे बताउदै नगरपालिकाकाे कार्यलयमा चरम बेतिथि, बिसंगती र अनियमितता बढेकाे संघर्ष समितिले ठहर गरेकाे छ।

गौरादह नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी बर्गकाे ध्यानाकर्षण गराउदै संघर्ष समितिले १३ बुदे माग पत्र पेस गरेकाे छ।संघर्ष समितिले माग पत्रमा नगरपालिकाले असुल गर्नुपर्ने बेरुजु ५४ लाख ३२ हजार यही भाद्र महिनामा असुल गर्नुपर्ने,अनियमित बेरुजु ३ कराेड ३० लाख सत्य तथ्य छानबिन गरि असुल गर्न माग गरेकाे छ।
कागजात नपुगेका बेरुजु ३ कराेड ८७ लाखकाे पनि अबिलम्ब सार्वजनिक गर्न माग गरेकाे छ। नगरपालिकाले सार्वजनिक लेखापरीक्षण र सार्वजनिक सुनुवाइ असाेज महिना भित्रमा गराउनु पर्ने माग राख्दै आन्तरिक लेखापरीक्षण नगर्नुकाे कारण के हाे भनी प्रस्न गरेका थिए।

संघर्ष समितिले मुख्य प्राथमिकता दिदै स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद १० दफा ७८को ५ अनुसार पारदर्शिता, उत्तरदायी र जवाफदेहीताको लागि सार्बजनिक लेखापरीक्षण (पब्लिक अडिट) र सार्वजनिक सुनुवाइ आउदो असोज महिना भित्रमा गरियोस् भन्ने माग समेत अघिसारेको छ ।

महालेखा परिक्षणकाे प्रतिबेदन अनुसार नगरपालिकामा राजस्व असुली रसिद नियन्त्रण खाता नहुनु,बक्यौता रकम असुली गर्न आयगत लगत नराख्नु, आर्थिक कार्यबिधि नियामवाली २०६४ काे नियम ९२(१) बिपरित नियमित राजस्व दाखिला नहुनाले नगरपालिकामा बेतिथी देखिएकाले अबिलम्ब सुधार गर्न माग राखेका छन।
खरिद नियमावली बिपरित नगरपालिकाले हाल सम्म याेजनामा प्रयाेग भएका सामानकाे गुणस्तर परिक्षण गरि जिम्मेवारी बहन नगर्ने पक्षलाई कार्यवाही,नगरपालिकाकाे बजेटलाई बितरण मुखि कार्यक्रममा खर्च नगरी उत्पादन मुखि र परिणाम मुखि बनाउन बजेट कार्यक्रमलाई आउदाे नगरसभामा परिमार्जन गर्न माग राखेका छन
।नगरपालिकाकाे नगर स्तरीय आयाेजनाहरु शिर्षककाे पुर्वाधार बिकासकाे बजेटमा १४ लाख नगर बाहिर बिनियाेजित गरिएकाले त्यसलाई नगर भित्र कृषि, मलखाद वा अन्य रचनात्मक शिर्षकमा बिनियाेजित गर्न माग राखेका छन।

नगरपालिका भित्रका याेजनाहरुका परिणाम फ्रिज हुनुका कारण सार्वजनिक गरि कार्यनयन नगराउने पक्षलाई कार्वाहीकाे माग गर्दै अख्तियारमा उजुरी परेका र अख्तियारले पत्राचार गरेका बिबादास्पद याेजनाहरु नगरवासी समक्ष सार्वजनिक गर्न माग गरेका छन।

नगरपालिकाले सरकारी रकमबाट महंगा,फेशनेबल, इन्धन बढी खपत हुने, खर्चिला र भड्किला प्रकृतिका माेटरसाइकल खरिद गरेकाे प्रती आपत्ति जनाउदै मर्मत तथा इन्धन शिर्षकमा अस्वभाविक र अपत्यारिलो खर्चहुनु बेतिथीकाे परकाष्ट भएको ठहर गरेकाे छ।

संघर्ष समितिका सल्लाहकार चक्रपाणी बरालले उपमेयर प्रति संकेत गर्दै एउटै कक्षामा ३ बर्ष पढ्दा पनि आफ्नो नाममा बेरुजुआउने थाहा नपाउनु लज्जास्पद भएकाे टिप्पणी गरे। संघर्ष समितिका सचिब देबेन्द्र कुमार खड्काले नगरपालिकाकाे कार्यलयमा सेवा लिन आउने सेवाग्राहीले समान रुपमा सेवा नपाएको बताउदै कार्यलयबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त र छिटाेछरिताे हुनुपर्नेमा ध्यानाकर्षण गराए।

संघर्ष समितिले राखेका मागलाई सम्बाेधन गरि माग पूरा गर्न जानकारी गराएपछि केही समय नगरप्रमुख, उपप्रमुख र संघर्ष समितिका पदाधिकारी बीच जुहारी चलेकाे थियाे। नगरपालिका प्रमुख राेहित कुमार शाहले संघर्ष समितिले राखेका मागलाई सम्बाेधन गर्दै कागजात अपुग भएका र अन्य कारणले देखिएका बेरुजुलाई सत्य तथ्य छानबिन गर्ने र बेरुजु रकमलाई असुल गरि सार्वजनिक गर्ने बताए।

गौरादह नगरपालिकामा जनप्रतिनिधि निर्वचित भएपछि भएका बिकास निर्माणका कामकाे जानकारी गराउदै सुशासन र समृद्ध नगर बनाउन नगरपालिका लागिरहेकाले नगरवासीहरुले सहयाेग गर्नु पर्ने धारणा राखेका थिए। गौरादह नगर शिक्षा शाखा प्रमुख टेक नाथ रेग्मीले महालेvf परिक्षकले शिक्षा क्षेत्रमा देखाएको बेरुजुकाे बारेमा प्रष्ट पारेका थिए।

तपाईको प्रतिक्रिया