Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा

झापा, ७ भदौ २०७७ । झापामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ४ महिला र ४ पुरुष रहेका छन् । उनिहरु १८ देखि ६८ उमेर समूहका रहेका छन् ।

आज संक्रमण पुष्टी हुनेहरु समुदाय र क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेका जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिएका छन् । झापाको गौरादह मा २ पुरुष, कमल-३ मा २ पुरुष १ महिला , बिर्तामोड-५ मा २ महिला र जिल्ला प्रहरी कार्यालयका एक जना महिला सुरक्षाकर्मीमा संक्रमण पुष्टी भएको हो ।

आज थप ८ जनामा संक्रमण पुष्टी भएसँगै झापामा कोरोना भाइरसबाट संक्रमित हुनेकोे संख्या ५ सय ६ पुगेको चौंलागाईले जानकारी दिए ।

यस्तै, कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३ सय ९७ रहेको छ भने, १ सय ९ जना संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेको चौंलागाईले बताएका छन् ।

तपाईको प्रतिक्रिया