Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

कमल, ७ भदौ २०७७ । झापाको कमल गाउँपालिका वडा नम्बर ३ केर्खामा समुदायका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर परीक्षणको रिपोर्टमा समुदायका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

केर्खाका ८३ बर्षिय वृद्धमा कोरोना संक्रमण पुष्ठि भएसंगै उनि संगैको कन्ट्र्याक ट्रेसिङ्का क्रममा थप ३ जना एक जना मोवाइल व्यवसायी, एक जना स्वास्थ्यकर्मी त्यस्तै एक जना महिला यसअघि कोरोना संक्रमति पुरुषको परिवार भित्रकै सदस्य नातिनी हुन् । संक्रमण पुष्टि भएका पुरुषहरु ४० र ५७ वर्षीय हुन भने महिला २० वर्षीय हुन् ।

कमलबाट १० महिला र २० पुरुषको स्वाब पीसीआर परीक्षणको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको थियो । गाउँपालिकाको प्रमुख मेनुका काफ्लेले समुदायमा कोरोना फैलिएकोले सजक रहन सबैमा अनुरोध गर्नु भएको छ । उहाँले समुदायमा कोरोना देखिएकाले सबैले सावधानी अपनाउनु पर्ने पनि बताउनु भयो ।

संक्रमण पुष्टि भएकी महिला दमकको लाइफलाईन अस्पताल पटकपटक आउजाउ गरेको खुल्न आएको छ ।

योसँगै कमलमा कोरोना संक्रमितको संख्या ८ पुगेको शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा खटिनु भएका स्वास्थ्यका इन्द्र अर्यालले जानकारी दिनुभयो । वहाँका अनुसार कमलका ३ जनाले कोरोना जितिसकेका छन् ।

तपाईको प्रतिक्रिया