Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा

गौरादह, ७ भदौ २०७७ । झापाको गौरादहमा आज २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । समुदाय र क्वारेन्टाइनका गरि २ पुरुषमा संक्रमण देखिएको हो ।संक्रमण पुष्टी हुनेमा गौरादह विद्युत कार्यालयमा कार्यरत २७ वर्षिय एक कर्मचारी र गौरादह कृषि क्याम्पसको क्वारेन्टाइनमा बसेका २१ वर्षिय एक व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

आज संक्रमण पुष्टी हुने विद्युत कार्यालयका कर्मचारीको घर कचनकवल भएपनि गौरादह-३ मा डेरामा बस्दै आएको जनाइएको छ । यस्तै क्वारेन्टाइन बसी संक्रमण पुष्टी भएका व्यक्ति भने, आसाम घर भई धरान उपचारको लागि आएर वार्ड नं.९ आफन्तकोमा आई बसेको जनाइएको छ ।

यहि साउन २८ गते गौरादह नगरपालिकाको क्वारेन्टाइनमा बसेका र कन्टयाक्ट ट्रेसिङको आधारमा समुदायका गरि १८ महिला र ९४ पुरुष गरि १ सय १२ जनाको स्वाब संकलन गरि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । जसमा १ सय १० जनाको यसअघि रिपोर्ट नेगेटिभ आइसकेको जनाइएको छ । संक्रमण पुष्टी भएका विद्युत कार्यालयमा काम गर्ने कर्मचारीलाई भने, बिजुली अफिसको आइसोलेसन विराटनगर पठाइने र क्वारेन्टाइनमा बसेका संक्रमण पुष्टी भएका अर्का पुरुषलाई भने गौरादह-७ जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिने श्रेष्ठले जानकारी दिए ।

गौरादहमा आज थप २ जना सँगै कोरोना संक्रमण पुष्टी हुनेको संख्या १४ पुरुष र ५ महिला गरि संक्रमितको संख्या १९ पुगेको छ । जसमा ५ महिला १२ पुरुष गरि १७ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया