Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ६ भदौ २०७७ । भ्रष्टचार, बेथीति र अपारदर्शीताको बिरुद्ध नागरिक खबरदारी गर्दै आएको सुशासनका लागि संघर्ष समिति गौरादहको पुनर्गठन गरिएको छ । नागरिक अगुवाहरुको बिस्तारित भेलाले संघर्ष समितिको पुनर्गठन गरेको हो ।

भेलाले समितिको संयोजकमा राजकुमार दाहाल र सह–संयोजकमा अनिश कार्कीलाई निरन्तरता दिदै समितिलाई बिस्तार गरेको छ । यसअघि समितिमा संयोजक र सह–संयोजक मात्र तोकिएको थियो । शुक्रबार भएको भेलाले समितिको सचिवमा देबेन्द्र खड्का, कोषाध्यक्षमा प्रकाश बास्कोटालाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा सुमन श्रेष्ठ, सुजन बिष्ट, सरोज दाहाल, समिर संग्रौला र कृष्ण ढुंगाना चयन भएका छन । समितिमा बिभिन्न बिषय क्षेत्रका बिज्ञहरुको प्रतिनिधित्व गराइएको समितिका सदस्य सुजन बिष्टले जानकारी गराए । उनका अनुसार समितिमा कानुन, लेखा, समाजशास्त्र तथा बिज्ञान प्रविधि लगाएतका क्षेत्रका युवाहरुलाई समेटिएको छ ।

त्यस्तै भोजराज दाहाल, सुरेश बहादुर पौडेल, अर्जुन लोहनी, चर्कपाणि बराल, डण्डीराज घिमिरे, बाल्मिकी बस्नेत, गोबिन्द घिमिरे र कृष्ण बहादुर कार्की रहने गरि सल्लहाकार समिति समेत गठन गरिएको छ ।

आर्थिक बर्ष २०७४।०७५ को गौरादह नगरपालिकाको अन्य नगरपालिकाको भन्दा अस्वभाविक चालु खर्च बिनियोजनको बिरुद्धमा संघर्ष गर्न गठित दाहाल सम्योजकत्वको समितिले संघर्षको बलमा तत्कालिन समयमा बिनियोजित अस्वभाविक बजेट संसोधन समेत गराएको थियो ।

संयोजक दाहालले महालेखा परीक्षको ५७ औं बार्षिक प्रतिवेदन २०७७ सार्बजनिक भएपछि गौरादहको चरम बेथीति र बेरुजु उजागर भएको र सो बेरुजु तत्काल असुल गराउन दबाब सिर्जना गर्न शुसाशनका लागि संघर्ष समिति सक्रिय हुने बताएका छन् ।

नियतबस नगरपालिकामा कमिकमजोरी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन र नगरपालिकामा शुसाशन कायम गराउन नागरिक स्तरबाट खबरदारी आवस्यक भएकाले संघर्ष समितिले अबिलम्ब संघर्षका कार्यक्रम पनि सार्बजनिक गर्ने दाहालले बताएका छन् ।

तपाईको प्रतिक्रिया