Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठ्माडौं, ६ भदौ २०७७ । सरकारले भदौं १६ देखि अन्तराष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषको बैठकले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो ।

यस्तै पिसिआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान राखेको छ । पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् ।

कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्नेछ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट गरिने उद्धार उडानमा दैनिक ५ सय भन्दा बढी यात्रू ल्याउन नपाइने निर्णय भएको छ । नियमित उडानमा कुटनीतिक नियोगका अधिकारी र अत्यावश्यक काम परेका नेपाली नियमित उडानमा आउन सक्नेछन् ।

पिसिआर टेष्ट सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतारबाट भने नियमित उडान नहुने भएको छ । कुन देशबाट कसरी र कति यात्री आउने त्यसबारे पर्यटन मन्त्रालयले तालिका प्रकाशन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया