Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, ४ भदौ २०७७ । गोठगाउँको पूर्वाञ्चल विश्वविद्यालयको कोभिड-१९ अस्पताल बाट झापा गौरादहका ५ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । उनिहरु आज डिस्चार्ज भएका हुन् ।

झापाको गौरादह नगरपालिकामा साउन २६ गते साउदी अरबबाट नेपाल फर्किएर गौरादह-५ स्कुलचौन मा.वि.को क्वारेन्टाइनमा बसेका ३ जना र गौरादह-७ को जामवाडी घर भएका होम क्वारेन्टाइनमा बसेका इलाममा कार्यरत सशस्त्र प्रहरी बलका २ जना गरि ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । आज डिस्चार्ज हुनेहरु गौरादह ४, ५ ७ र ८ नं. वार्डका रहेका गौरादह नगर स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

गौरादहमा हालसम्म ५ महिला र १२ पुरुष गरि १७ जनामा संक्रमण पुष्टी भइसकेको छ । जसमा १७ जना नै निको भएर घर फर्किसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया