Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

गौरादह, ४ भदौ २०७७ । झापाको गौरादह नगरपालिकाबाट कोरोना भाइरसको आशंकामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यहि साउन २८ गते गौरादह नगरपालिकाको क्वारेन्टाइनमा बसेका र समुदायका गरि १८ महिला र ९४ पुरुष गरि १ सय १२ जनाको स्वाब संकलन गरि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । जसमा १६ देखि ५१ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् ।

गौरादह नगर स्वास्थ्य शाखाका अनुसार स्कुलचौन बजार क्षेत्रको समुदायबाट कन्टयाक्ट ट्रेसिङको आधारमा ४६ जना, महारानीझोडा स्वास्थ्य चौकीको पुरानो भवनमा रहेको क्वारेन्टाइनबाट ७ जना र जनता मा.वि. को क्वारेन्टाइनमा बसेका २३ जनाको गरि ७६ को रिपोर्ट नेगेटिभ आएको छ भने, ३६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

बाँकी रहेको ३६ मध्ये १८ जना गौरादह कृषि क्याम्पसको क्वारेन्टाइनमा बसेका रहेका छन् भने अरु समुदायका रहेका जनाइएको छ ।

तपाईको प्रतिक्रिया