Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

दमक, ३ भदौ २०७७ । समुदायमा कोरोना संक्रमण तिव्र रुपमा बढदै गइरहेको झापाको दमकमा आज थप १३ जनामा संक्रमण पुष्टी भएको छ ।
आज संक्रमण पुष्टी भएका सबै पुरुष रहेका दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

जसमा २ जना नेपाल टेलिकमका कर्मचारी, ३ जना सशस्त्र प्रहरी रहेका छन् । र ८ जना बाहिर देशबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेका भट्टराईले बताए ।
उनिहरु २१ देखि ४४ वर्ष उमेर समूहका रहेका छन् । संक्रमितहरु दमक नगरपालिका १, ३, ४, ५, ८ र १० नं. वार्डका रहेका छन् ।

आजको १३ संक्रमित सहित हालसम्म दमकमा ४१ पुरुष र ८ महिला गरि ४९ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको दमक स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराइले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया