Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ३ भदौ २०७७ । झापामा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा १ महिला र १७ पुरुष रहेका छन् । संक्रमण पुष्टी हुने स्थानीय तह अन्तर्गत दमक मा सबैभन्दा बढी १३ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, कमल गाउँपालिकामा १, बाह्रदशी गाउँपालिकामा १ महिला र१ पुरुष गरि दुई जनामा, कचनकवलमा १ र बिर्तामोडमा १ जना गरि १८जनामा संक्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले जानकारी दिनुभयो ।

संक्रमण पुष्टी हुनेमा समुदाय र क्वारेन्टाइनमा बसेका जनाइएको छ । यो सँगै झापामा हालसम्म ४ सय ७४ जनामा संक्रमण पुष्टी भएको छ ।

तपाईको प्रतिक्रिया