Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, ३ भदौ २०७७ । झापाको गौरादह नगरपालिकाको क्वारेन्टाइनमा बसेका र समुदायका गरि १ सय २५ जनाको पीसीआर परीक्षणका लागि पठाइएकोमा ६३ जनाको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

जसमध्ये १ सय २५ मा १७ महिला र १ सय ८ पुरुष रहेका छन् । जसमा ३० महिनाको बालक देखि ७३ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् । १२ जना स्कुलचौन मा.वि क्वारेन्टाइनका र कन्ट्याक्ट ट्रेसिङ् का आधारमा गौरादह नगरपालिका भित्रका समुदायका गरि १ सय २५ जनाको यहि भदौ १ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ६० जनाको र वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा ६५ जनाको नमुना पठाइएको थियो ।

जसमध्ये वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा ६५ जनाको नमुना पठाएकोमा स्कुलचौन मा.वि को क्वारेन्टाइनमा बसेका १२ र समुदायका सहित ६३ जनाको रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ६० जनाको र वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा २ जनाको गरि ६२ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएका छन् ।

गौरादहमा हालसम्म ५ महिला र १२ पुरुष गरि १७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

तपाईको प्रतिक्रिया