Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

दमक, १ भदौ २०७७ । झापाको दमकमा समुदायमा कोरोना फैलिने क्रम तिव्र रुपमा बढ्दै गएको छ । आज दमक विद्युत प्राधिकरणका थप ३ जना कर्मचारी, २ जना सहकारीका कर्मचारी र १ जना भारतबाट आएका व्यक्तिमा गरि ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चम्लागाईंले जानकारी दिए ।

संक्रमण पुष्टी भएकाहरुलाई आज नै मेची अञ्चल अस्पतालको आइसोलेसनमा पठाइसकेको फोकल पर्सन चम्लागाईंले जानकारी दिए ।

केही दिन अघि मात्र विद्युत प्राधिकरणका ५ जना कर्मचारीमा संक्रमण पुष्टी भएपछि हिंजो देखि एक साताको लागि दमक लकडाउन गरिएको छ । झापामा अहिले सम्म ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । हालसम्म ३ सय ७२ जना निको भएर घर फर्किसकेका छन् भने अहिलेसम्म ६४ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया