Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १ भदौ २०७७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि सोमबार नतीजा सार्वजनिक गरेको हो ।

एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

उनले भने, विद्यालयले पठाएको नतिजा प्रमाणित गर्ने निर्णय गर्‍यौं । गत वर्ष जस्तो नतिजा विश्‍लेषण गरेनौं ।

 

तपाईको प्रतिक्रिया