Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

इलाम, १ भदौ २०७७ । एक मात्र सरकारी अस्पताल भएको इलाममा सुविधासम्पन्न निजी अस्पताल सञ्चालनको तयारी भएको छ ।

सदरमुकाममा इलाम एपोलो हष्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.संचालनको तयारी भएको हो ।

यहाँ सञ्चालित एक मात्र सामुदायिक अस्पताल केही वर्ष अगाडी बन्द भएपछि जिल्लावासीले उपचारका लागि तराईका जिल्ला धाउनुपर्ने बाध्यता छ ।

सामान्य ज्वरो आउँदासमेत जिल्लाबासीले थप उपचार गर्न झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा जानु पर्ने समस्याको अन्त्य गर्न हस्पिटल संचालन गर्न लागिएको अस्पतालका संचालक प्रकाश चापागाइँ बताउनुहुन्छ ।

जिल्लाको सरकारी अस्पतालको रुपमा रहको इलाम अस्पताल भौतिक रुपमा सम्पन्न भएपनि दरबन्दी अनुसारको विशेषज्ञ डाक्टर नहुँदा इलामेलीहरुले भने जस्तो सेवा लिन पाएका छैनन् ।

निजी स्तरमा संचालनमा आउन लागेको अस्पताल डाक्टर सञ्जय शाह, डाक्टर विवेक अधिकारी र इलामका युवा व्यवसायी प्रकाश चापागाइँले संयुक्त रुपमा संचालन गर्न लागेको हो ।

झण्डै तीन करोडको लगानीमा संचालन गर्न लागिएको अस्पतालमा चार जना विशेषज्ञसहितको सेवा दिने तयारी भइरहेको छ ।

यो अस्पताल पुरानो मेघबहादुर सामुदायिक अस्पतालकै भवनमा सञ्चालन हुनेछ । सुरुमा अस्पतालमा हाडजोर्नी, स्त्री तथा प्रसुती, रेडियोलोजी एवम् जनरल फिजिसियनको सेवा प्रदान गरिने छ ।

साथै छ महिना भित्रमा आइसियु र एनआइसियुसहितको सेवा सञ्चालन गर्ने डाक्टर विवेक अधिकारीको भनाइ छ ।

अस्पताल आगामी भदौ ९ गतेबाट संचालन हुँदैछ । कुशल व्यवस्थापन र अस्पतालको दिगोपनका विषयमा सञ्चालकहरुले ध्यान दिन सके जिल्लाबासीका साथै पुर्वी पहाडका जिल्ला पाँचथर, ताप्लेजुङ्ग र तेह्रथुमका केही भुभागका बासिन्दालाईसमेत ठुलो राहत मिल्ने देखिन्छ ।इमेज

तपाईको प्रतिक्रिया