Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

दमक, ३१ साउन २०७७ । झापाको दमकमा समुदायमा कोरोना फैलिएसँगै अझ जोखिम बढ्न नदिन आज मध्यराति देखि लागूहुने गरी दमक नगरपालिका एक हप्ताका लागि लकडाउन गरिने निर्णय गरिएको छ । साउन ३२ देखि भदौ ६ गते सम्म लकडाउन गरिने जनाइएको छ ।

नगरपालिकामा इलाका प्रशासन, इलाका प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधीसहितको भेलाले गरेको छलफलमा यस्तो निर्णय भएको बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।

यस्तै, लकडाउनको उलंघन गर्नेलाई कानुन बमोजिम कार्वाही हुने बाणिज्यसंघका उपाध्यक्ष राजु खड्काले बताए । उनका अनुसार दुध डेरी विहान ६ बजेदेखि ९ बजे सम्म खोल्न पाइने छ भने औषधी पसल बाहेक अन्य सबै पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको पनि खड्काले बताए । दमकमा व्यापारी र समुदायमा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया