Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

दमक, ३० साउन २०७७ । झापाको दमकमा कोरोना समुदायमा फैलने त्रास बढेको छ । आज एकैपटक ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको ५ जना कर्मचारीमा र दमक ७ की एक महिला गरि ६ जनामा संक्रमण पुष्टी भएको छ ।

दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये दमक ७ की एक महिला हुन भने अन्य ५ जना भने कर्मचारी रहेको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

अन्य संक्रमितहरु नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको कर्मचारी भएको खुल्न आएको छ । संक्रमित हुने प्राधिकरणका कर्मचारीमा एक महिला र ४ पुरुष छन् । जसमा महिला ४७ वर्षीया हुन भने दुई पुरुष ३४ वर्षीय, एक पुरुष ४२ वर्षीय र एक पुरुष ४५ बर्षीय हुन् । त्यस्तै अर्की संक्रमित महिला दमक ७ की १६ वर्षीया किशोरी हुन् । उनी यही साउन १६ गते काँकडभिट्टा नाकाहुँदै भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया