Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ३० साउन २०७७ । गृहमन्त्रालयले सवारी पास वितरण व्यवस्थित गर्ने सम्बन्धी निर्णय २४ घन्टा नबित्दै संशोधन गरेको छ ।

गृहले बिहीबार विज्ञप्ति जारी गर्दै २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयबाट मात्रै अत्यावश्यक सेवाका सवारीमा पास वितरण गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको जोखिम बढेको भन्दै बुधबार देशभर सवारी पास वितरणसम्बन्धी कार्य बन्द गर्न निर्देशन दिएको थियो । एम्बुलेन्स, सरकारी कर्मचारी लगायतको समेत आवागमन असर पुगेपछि बुधबारको निर्णय सच्याउँदै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट अत्यावश्यक सवारी साधनलाई पास दिने व्यवस्था गर्न गृहले भनेको छ ।

बिहीबार नै गृहले अनुमतिबिनाका सवारी साधन प्रस्थान विन्दुबाटै अन्तरजिल्ला आवागमनमा रोक्न निर्देशन दिएको छ । अनुमति पाएको सवारीको हकमा पास पछाडि प्रस्थान विन्दुबाट छाप लगाउन भनेको छ ।

तपाईको प्रतिक्रिया