Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरीगंज, २९ साउन २०७७ । झापा उद्योग बाणिज्य संघ शाखा गौरीगंजले कम मुल्यमा सर्वसाधारणको कोरोना परिक्षण गर्ने भएको छ।गौरीगंज गाउँपालिका भित्र बसोवास गर्ने ईच्छुक सर्वसाधारणले केही शुल्क तिरेर कोरोना परिक्षण गर्ने अवसर पाउने भएका छन।

उद्योग वाणिज्य संघ गौरीगंजले विहिवार गाउँपालिकाका भित्रका सर्वसाधारणलाई २ सय ५० रूपैयाँमा कोरोना परीक्षण गरिदिने भएको छ। गौरीगंज गाउँपालिका भित्र बसोवास गर्ने सर्वसाधारण नागरिकलाई कोरोना भाइरस परिक्षणका लागि उद्योग बाणिज्य संघको कार्यलयमा बिहिबार उपस्थित हुन अनुरोध गरेको छ।

कोरोना भाइरस परीक्षणका लागि सर्वसाधारणले २ सय ५० रुपैयाँ र व्यापारीले ५ सय रुपैयाँ शुल्क तिर्नु पर्ने गौरीगंज उद्योग बाणिज्य संघका अध्यक्ष मखना महत्तोले जानकारी गराए। भारत संग सिमा जोडिएको गौरीगंज गाउँपालिका कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना रहेकाले भाइरसको अबस्थाको जानकारी लिन समुदाय स्तरबाट पिसिआर परिक्षण गर्ने कार्य सुरुगरेको अध्यक्ष महत्तोले बताए।

संघले गाउँपालिका भित्र बसोबास गरि भाइरस परिक्षण गर्न इच्छुक सर्वसाधारण तथा व्यापारीलाई स्वाव परीक्षणका लागि विहीवार विहान ७ बजे वाणिज्य संघको कार्यालयमा उपस्थित हुन सूचित गरेको अध्यक्ष महत्तोले जानकारी गराए। कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गर्न गौरीगंज गाउँपालिकाको समेत सहकार्य रहेको अध्यक्ष महतोले बताएका छन्।स्वाव संकलन कार्यमा खटिने स्वास्थ्यकर्मी, परिक्षण कार्यमा गाउँपालिकाले समन्वय गर्ने र भिटिएमको व्यवस्थापन उद्योग वाणिज्य संघले गर्ने गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए।

 

तपाईको प्रतिक्रिया