Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरादह, २६ साउन २०७७ । गौरादह नगरपालिका वडा नं.१ ले वडा भित्र सम्पन्न भएका विकास निर्माणका काम र यस आर्थिक बर्षको वार्ड सिलिङ बजेटबाट गरिने विकासका कामको विवरण सार्वजनिक गरेको छ ।

वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले वडा कार्यलयको सभाहलमा पत्रकार सम्मेलन मार्फत सो विवरण सार्वजनिक गरेका हुन्। विवरण सार्वजनिक भए संगै स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएपछि वडा कार्यलयले ३ बर्ष सम्ममा वडा भित्र गरेका मुलभूत काम र यस आर्थिक वर्षको वडाको वजेट सर्वसाधारण सम्म सार्वजनिक भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा वडाको १ करोड २० लाख वार्ड सिलिङ बजेट रहेको जानकारी गराए । वडाध्यक्ष भण्डारीले केही आयोजनाहरुमा वार्ड सिलिङ बजेटले मात्र नपुग्ने भएपछि संघिय सरकार र प्रदेश सरकारको बजेटबाट निर्माण कार्य सम्पन्न गरिने जानकारी गराए ।

वडा भित्र रहेका सडकहरुलाई उच्व स्तरीय ग्राभेल, कलभर्ट निर्माण कार्यलाई निरन्तरता दिंदै सडक कालोपत्रे गर्ने अवधारणा अघिसारिएको जानकारी गराए ।वडा भित्र रहेका मुख्य र ब्यस्त आठवटा सडकहरुलाई कालोपत्र यसै आर्थिक बर्षबाट सुरु गरिने बताएका छन् । सडक कालोपत्रका लागि वाडको वाड सिलिङ बजेटबाट रकम अपुग हुने भएकाले नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट बजेट माग गरी वहुवर्षीय योजना मार्फत निर्माणकार्य सम्पन्न गरिने पत्रकार सम्मेलनमा जानकारी गराए ।

आर्थिक वर्ष २०७७/०७८ मा कालेपत्र सुरुहुने वडा भित्र रहेको सितापुरी स्कुल पश्चिम रङपूर सडक, पेट्रोल पम्प दक्षिण बजार सम्मको सडक, डिपु पश्चिम डिम्बाउठा सम्मको सडक निमाणधिन अवस्थामा रहेको, इलाका प्रहरी चौकीबाट बजार हुँदै रेडक्रस मार्ग सडक ठेक्का लाइसकेको, सितापुरी स्कुल पूर्व किस्ने खोलासम्मको सडक कालोपत्रका लागि रकम बिनियोजन गरेको, अर्जुनदेव राईको घर दक्षिण सडक, गौरादह बजार पूर्व सडक र नमुना सडकलाई कालोपत्रे गरिने जानकारी गराए ।

वाड अध्यक्ष भण्डारीले जनप्रतिनिधि निर्वाचित भएर कार्यभर सम्हाले पछि सम्पन्न योजनाहरुको समेत जानकारी गराए । उनका अनुसार वाड नं.१ भित्र १९ किलोमिटर सडक उच्च स्तर ग्राभेल, ८ किलोमिटर सडक ग्राभेल र पाडाजुँगी गौरीगञ्ज सडक अन्तर्गत गणेश पाण्डेको घर देखि ट्राफिक भवन सम्म सडक चौंडा गरिएको त्यसैगरी आठ वटा पुल कलभर्ट निर्माण, ३० स्थानमा ह्याम्पाएप जडान, कृष्णे खोलामा ९२ मिटरको झोलुङ्गे फलामे पुल निर्माण कार्य सम्पन्न भएको जानकारी गराए ।

कार्यक्रममा अध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा जानकारी गराउँदै गौरादहको पहिचान संग जोडिएको गौरवको योजना गौरादह पर्यटन पोखरी कार्यक्रमको यस आर्थिक वर्षबाट निर्माण कार्य सुरु गरिने र त्यसको घेराबेरा कार्य भने सम्पन्न भैसकेको जानकारी गराए ।

त्यसैगरी भौतिक संरचना तथा बजार व्यवस्थापन, खानेपानी तथा विद्युत विस्तार, सामाजिक क्षेत्र तर्फ वडाले गरेका कामको विवरण सम्बन्धि जानकारी गराएका थिए । यस आर्थिक वर्षमा वाड नं १ को १ करोड २० लाख वाड सिलिङ बजेट रहेको र बजेटबाट संचालन हुने आयोजनाहरुको बारेमा पनि जानकारी गराएका थिए । कार्यक्रममा वडा सदस्य कोमल ढुंगाना, कार्यपालिका सदस्य देवीमाया श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया