Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २३ साउन २०७७ । कोरोना भाइरसको संक्रमणबाट धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवकको मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय युवकको गएराति उपचारको क्रममा मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो ।

मृतक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्ष देखि डायलासिस गराइरहेको ती युवकलाई बुधवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको छ । यो समेत नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार हिजोसम्म २१ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया